४ पुस, काठमाडौं । नेकपा (एमाले) ले संखुवासभा जिल्लाबाट अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि उक्त क्षेत्रमा राजेन्द्र गौतमले टिकट पाउँदै आएका थिए । गौतमले २०७४ को चुनावमा जितेका थिए । २०७९ को चुनावमा गौतम पराजित भएका थिए । अहिले उक्त क्षेत्रमा कार्की उम्मेदवार बनेका हुन् ।
पूर्वराजदूत रहिसकेका डा. कार्की विश्वका कम विकसित देशहरूको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर एडभोकेसी गर्दै आएका व्यक्ति हुन् । उनी विकास, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले लामो समयदेखि ‘आरआरएन’ नाम गैरसरकारी संस्था समेत सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया 4