१५ पुस, काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । सोमबार अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज मंगलबार प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै एक साताअघि अकबरे खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4