+
+
Shares

अकबरे खुर्सानीको भाउ प्रतिकिलो ९ सय पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अकबरे खुर्सानीको भाउ डेढ महिनामा ५४.५५ प्रतिशतले बढेर १ माघमा ५ सय ५० रुपैयाँबाट ११ फागुनमा ८ सय ५० रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार, ११ फागुनमा अकबरे खुर्सानीको अधिकतम भाउ प्रतिकिलो ९ सय र न्यूनतम ८ सय रुपैयाँ कायम छ।
  • पुसको पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।
११ फागुन, काठमाडौं । पछिल्लो समय बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ आकासिएको छ । डेढ महिनामा थोक बजारमै अकबरे खुर्सानीको भाउ ५४.५५ प्रतिशतले बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार १ माघमा अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । अहिले ११ फागुनमा आइपुग्दा उक्त खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ३ सय रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ कायम छ ।

यस्तै आज उक्त खुर्सानीको अधिकतम भाउ प्रतिकिलो ९ सय र न्यूनतम ८ सय रुपैयाँ कायम छ । पुस पहिलो साता भने अकबरे खुर्सानी प्रतिकिलो थोकमा ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?