
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ र चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ।
२७ असोज, काठमाडौं । सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4