
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टको शर्म अल–शेखमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन्।
- इजिप्टको राष्ट्रपति कार्यालयले नेतन्याहूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरेको भएपनि उनले सहभागी नहुने निश्चित भएको छ।
- प्रधानमन्त्रीको कार्यालयले नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति प्रयासका लागि धन्यवाद दिएको जनाएको छ।
२७ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन् ।
इजिप्टको शर्म अल–शेख शहरले एक सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।
२० देशका नेताहरू सहभागी हुने शान्ति सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहूले भने सहभागी नहुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
इजिप्टको राष्ट्रपति कार्यालयले सम्मेलनमा भाग लिन नेतन्याहूलाई आमन्त्रित गरेको भएपनि उनी सहभागी नहुने निश्चित भएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले एक वक्तव्य जारी गर्दै नेतन्याहू उक्त सम्मेलनमा सहभागी नहुने बताएको छ ।
आउँदै गरेको यहूदी पर्व सुकोटलाई ध्यानमा राख्दै नेतन्याहू इजिप्टको शान्ति सम्मेलनमा सहभागी नहुने भएका प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।
साथै प्रधानमन्त्रीको कार्यालयले जारी गेरको वक्तव्यमा नेतन्याहूले शान्तिको प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएको उल्लेख छ ।
बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसहित विश्वभरका झण्डै २० नेता इजिप्टको शर्म अल–शेखमा हुने सम्मेलनमा सहभागी हुनेछन् ।
प्रतिक्रिया 4