+
+
Shares

मध्यपूर्व एसियामा शान्तिको नयाँ बिहानीको सुरुवात : राष्ट्रपति ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले २० इजरायली बन्धकलाई रिहा गरेपछि मध्यपूर्व एसियामा शान्तिको नयाँ बिहानीको सुरुवात भएको बताएका छन्।
  • ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई असाधारण र साहसी व्यक्तिका रूपमा धन्यवाद दिएका छन्।
  • ट्रम्पले अरब राष्ट्रहरूको सहयोगलाई पनि धन्यवाद दिँदै इजरायलसहित सम्पूर्ण क्षेत्रका लागि सुनौलो युगको सुरुवात हुने विश्वास व्यक्त गरेका छन्।

२७ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व एसियामा शान्तिको नयाँ बिहानीको सुरुवात भएको बताएका छन् ।

हमासले आज २० इजरायली बन्धकलाई जीवित रिहा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको संसद्‌लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘यो क्षण मध्यपूर्व एसियाको लागि ऐतिहासिक नयाँ बिहानीको सुरुवात हो । अहिले कतै पनि बन्दुक पड्किएका छैनन् । हतियार देखाइएको छैन । अब सबैतिर शान्ति हुन्छ ।’

राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई धन्यवाद दिँदै असाधारण र साहसी व्यक्तिका रूपमा सम्बोधन गरे ।

यता, संसद्‌को भीडबाट केहीले बीबी प्रधानमन्त्रीको उपनाम दिँदै नाराबाजी र तालीको गडगडाहट खुशी व्यक्त गर्छन् ।

यस्तै ट्रम्पले वार्तामा सहयोग गर्ने अरब राष्ट्रहरूलाई पनि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘अरब राष्ट्रहरूले सहयोग गर्नुभयो । यो हामी सबैको अविश्वसनीय विजय हो । अब इजरायलको सुनौलो युग सुरु हुनेछ ।’

यस्तै उनले आगामी दिनमा इजरायलसहित मध्यपूर्वी एसियाका सम्पूर्ण क्षेत्रमा सुनौलो युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।

‘तपाईहरुसँग काम गरे । निक्कै राम्रो लागेको छ । अब इजरायलसहित सम्पूर्ण क्षेत्रका लागि पनि सुनौलो युग हुनेछ,’ उनले सम्बोधनका क्रममा भने ।

भाषण गर्दै गर्दा केही समय हलचल सुरू भएपछि ट्रम्पले बीचमै आफ्नो भाषण रोक्दै भने, ‘हामीले केनेस्सेट (इजरायली संसद्‌)मा केही हलचल देखिरहेका छौं ।’

A member of Knesset is grabbed and escorted out by two members of security in black suit after disrupting Trump's speech in the Knesset

त्यसपछि सुरक्षाकर्मीहरूले ती व्यक्तिलाई संसद्‌बाट तुरुन्तै समाते र बाहिर लगे । यसपछि ट्रम्पले ‘यो त धेरै छिटो भयो’ भन्‍दै आफ्नो भाषण पुनः सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?