
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'सोल्टिनी'को ट्रेलर ६ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको जानकारीसहित सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ।
- ट्रेलरमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको अन्तरजातीय प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई चित्रण गरिएको छ।
- निर्देशक अर्जुन सुवेदीले 'सोल्टिनी'ले जातीय विभेद र प्रेममा आउने सामाजिक अड्चनविरुद्ध आवाज उठाउने उद्देश्य लिएको उल्लेख गर्नुभयो।
काठमाडौं । ६ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो । लगत्तै युट्युबमा ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा एक प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेम चित्रण गरिएको छ । ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ ।
फिल्म अभिनेत्री परीक्षा लिम्बुले निर्वाह गरेको पात्र वरपर केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतले निर्वाह गरेको पात्रबिचको प्रेमकथालाई प्रमुख कथावस्तुको रुपमा चित्रण गरिएको छ ।
फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । पटकथा लेखनमा अर्जुन र कुमार भट्टराई छन् । फिल्ममा सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतको अभिनय छ ।
निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ ।
प्रतिक्रिया 4