+
+
WC Series
Nepal
114/4 (15.6)
VS
Qatar
0/0
Shares

टीओबी समूहका तेन्जिङमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते २१:५७

२७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले टीओबी समूहका सदस्य तेन्जिङ दावा लामामाथि अनुसन्धान गर्नका लागि ६ दिनको म्याद दिएको छ ।

२९ वर्षीय तेन्जिङले पेस्तोल जस्तो देखिने जोखिम हात हतियार प्रदर्शन गरी आम जनमानसमा डर, त्रास सिर्जना गरेको भन्दै अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ दिनको म्याद थप गरेको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिङ आफैं प्रहरी कहाँ पुगेका थिए ।

भाइरल उक्त भिडियो जेनजी आन्दोलनको समय नरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीबाट नक्कली पेस्तोल बरामद भएको छ ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?