+
+
Shares

१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैं एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन,’ देउवाले भने।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व छाड्ने दोहोर्‍याएका छन्।
  • देउवाले वैधानिक व्यवस्थाअनुसार पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने बताएका छन्।
  • महाधिवेशनको मितिबारे देउवाले कुनै जानकारी दिएका छैनन् ।

२८ असोज, काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने दोहोर्‍याएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने।

१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे। जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्।

१४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?