+
+
Shares

सिके राउत नेतृत्वको जनमत फुट्यो, दिपक कुमार साह नेतृत्वको जस्वपालाई आयोगको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:००

२८ असोज, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् ।

नव गठित जस्वपाको अध्यक्षमा दिपक कुमार साह रहेका छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा  साह उपाध्यक्ष थिए ।

तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् ।

यस्तै जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन् ।

नव नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । नयाँ पार्टीको झण्डमा निलो, सेतो, रातो रङको ठाडो धर्का रहनेछ ।

आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिएको निर्वाचन आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?