+
+
Shares

महराको बयान सकियो, भोलि थुनछेक बहस

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:२५

२८ असोज, काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा आज उनको बयान लिने काम सकिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ ।

अभियोजनमा उल्लेख भएको बयान अनुसार, उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?