
News Summary
Generated by OK AI. Editorially reviewed.- मेटाले ह्वाट्सएपमा फेसबुक अकाउन्ट जोड्ने नयाँ सुविधा एन्ड्रोइड बिटा भर्सनमा सुरु गरेको छ।
- यो फिचरले प्रयोगकर्तालाई आफ्नो फेसबुक प्रोफाइल ह्वाट्सएपमा लिंक गर्न र पहिचान सत्यापित गर्न सहयोग गर्नेछ।
- ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एपभित्रै २१ भाषामा मेसेज अनुवाद गर्ने फिचर पनि जारी गरेको छ।
२८ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ।
यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ।
यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् ।
यसअघि सम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा लिंक गर्न सक्नेछन्।
समाचार अनुसार जब प्रयोगकर्ताले ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्नेछन् तब त्यसको लिंक ह्वाट्सएप प्रोफाइलमा देखिनेछ ।
उक्त लिंकमा क्लिक गरेर अन्य प्रयोगकर्ता सिधै उक्त फेसबुक प्रोफाइलमा जान सक्नेछन् । उक्त फिचर पूर्णरुपमा स्वेच्छिक हुनेछ ।
प्रयोगकर्ताले आफ्नो मेटा अकाउन्ट सेन्टमा गएर अकाउन्ट भेरिफाइ गर्न सक्नेछन्। भेरिफिकेसन पछि लिंकको अगाडि फेसबुकको सानो आइकन पनि देखिनेछ ।
मेटाले ह्वाट्सएपका आइफोन प्रायेकगर्ताका लागि एउटा अर्को विशेष अपडेट पनि जारी गरेको छ । ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एपभित्रै भाषा अनुवाद फिचर पेश गरेको हो । यो फिचरले प्रयोगकर्तालाई कुनैपनि च्याटमा रहेको मेसेजलाई अनुवाद गर्ने सुविधा प्रदान गर्नेछ ।
हाल यो फिचर २१ भषामा उपलब्ध छ, जसमा अंग्रेजी, जर्मन, अरबी, चिनियाँ, हिन्दी, स्पेनिस लगायतका भाषा रहेका छन् । एकपटक भाषा डाउनलोड भएसँगै यो फिचरले अफलाइन पनि काम गर्नेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4