
काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजित सर्वदलीय बैठकमा सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको धारणा सुनिसकेपछि सभामुख घिमिरेले भने, ‘लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु ।’
उनले बैठकमा प्राप्त सुझावहरुबारे मनन गर्ने र अरु पक्षसँग पनि थप छलफल गर्ने उनले बताए । अहिले उनले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छद् । विहीबार पूर्वमहान्यायाधिवक्ता, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।
‘त्यसपछि उपयुक्त निर्णय गर्छु,’ उनले भने ।
बैठकमा सहभागीहरुमध्ये एमालेले संसद पुनर्स्थापनाको अडान लिएको थियो भने अन्यले चुनावको वातावरणमा बढी जोड दिएका थिए ।
प्रतिक्रिया 4