
३० असोज, काठमाडौं । आज पनि सभामुख देवराज घिमिरे अनौपचारिक/औपचारिक छलफलमा छन् । संसद् पुनर्स्थापनाको माग लिएर सभामुख नै सर्वोच्च अदालत रिट लिएर जान आवश्यक छ कि छैन भनेर सभामुख घिमिरेले निरन्तर छलफलमा छन् । छलफलका क्रममा उनले कानुन व्यवसायी, रानीतिक दलका नेता र विज्ञहरूलाई भेटिरहेका छन् ।
सभामुख घिमिरेले बुधबार विघटित प्रतिनिधि सभामा रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग सभामुख घिमिरे छलफलमा छन् ।
सुझाव दिनेहरूमध्ये सभामुखलाई नै संसद् पुर्नस्थापनाको मागसहितको रिट सर्वोच्च अदालत जान सुझाव दिनेहरू न्यून छन् ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखलाई संसद पुनर्स्थापनाको माग लिएर सभामुख नै रिट लिएर अदालत जानुपर्छ भन्नेहरू खासै छैनन् ।
उनी भन्छन्, ‘खासगरी राजनीतिक दलहरूको सुझाव हो । दलहरू आफैं जाने भन्ने आएन । सभामुख जानुस् पनि भनिएको छैन ।’
अन्यको सुझाव पन सभामुखको हकमा आफैँ रिट लिएर जानुस भन्ने नरहेको उनले जानकारी दिए । उनी भन्छन्, ‘कानुनका विज्ञहरूले पनि सभामुखलाई रिट लिएर अदालत जानस् भन्ने छैन ।’
प्रतिक्रिया 4