+
+
Shares

पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौं : प्रवक्ता महत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १५:४०

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विशेष महाधिवेशन नहुने र १५ औं महाधिवेशन हुने जिकिर गरे ।

‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५ औं महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुंग्याउने लगायतका विषय सागसँगै गर्नुपर्नेछ । यिनै विषयमा केन्द्रीत रहेर छलफल हुन्छ,’ उनले भने ।

अहिले कार्यसमितिको पदावधि नै सकिइसकेको अवस्थामा विशेष महाधिवेशन नहुने उनको भनाइ थियो ।

त्यस्तै, जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेका भनाइहरूलाई मध्यनजर गरेर छलफल गर्ने बताए ।

‘सभापतिले पनि केही महत्त्वपूर्ण कुरा राख्नुभएको छ । त्यसलाई पनि मध्यनजर गरेर छलफल गर्छौं,’ उनले भने ।

केन्द्रीय समिति बैठकमा नेताहरूले कहिले महाधिवेशन गर्ने भन्नेबारे छलफल हुने उनको भनाइ थियो ।

‘महाधिवेशनको सन्दर्भमा मंसिर २१ गते चार वर्ष हुन्छ । यो अवस्थामा हामीले अधिवेशन कहिलेसम्म गर्न सक्छौं । हामी ज्यादा समय लिँदैनौं । निर्वाचनलाई पनि अधिवेशनको कारणले प्रतिकूल असर परोस् भन्ने हामी चाहँदैनौं । सम्पूर्ण विधि प्रक्रिया पनि पूरा गर्नुपर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?