+
+
Shares

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १७:४८

३० असोज, काठमाडौं  । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका-२ स्थित सडकमा बा.४१ प ३२६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पहिचान खुल्न नसकेका करिब ६० वर्षीय पुरूषको बिहीबार मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?