
३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सुरू भएको छ । केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको हो ।
ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।
बैठकको पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राखेका थिए ।
शुक्रबार बैठक सक्ने भनिए पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेका कारण लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।
एमालेले केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4