+
+
Shares

भारतीय सुन्तलाको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार भारतीय सुन्तलाको थोक मूल्य प्रतिकिलो औसत २४ रुपैयाँ घटेर १ सय २६ रुपैयाँ पुगेको छ।
  • बिहीबार भारतीय सुन्तलाको थोक मूल्य प्रतिकिलो अधिकतम १ सय ६० रुपैयाँ र औसत १ सय ५० रुपैयाँ थियो।
  • नेपालमा सुन्तलाको सिजन मंसिरदेखि सुरु हुने भएकाले नेपाली सुन्तला बजार भित्रिन अझै एक महिना बाँकी छ।

३१ असोज, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार भारतीय सुन्तलाको भाउ घटेको हो ।

समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ थोकमा प्रतिकिलो अधिकतम १ सय ३० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय २६ रुपैयाँ छ ।

हिजो बिहीबार भारतीय सुन्तला प्रतिकिलो अधिकतम १ सय ६० रुपैयाँ र औसत १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार भारतीय सुन्तलाको प्रतिकिलो थोक मूल्य औसतमा २४ रुपैयाँ घटेको छ ।

नेपाली सुन्तला बजार भित्रिन अझै एक महिना बाँकी छ । मंसिर लागेपछि नेपालमा सुन्तलाको सिजन सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?