
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयले धनुषा र रौतहटका एसपीहरूको हेरफेर गर्दै धनुषामा रुगम कुँवर र रौतहतमा रवीन कार्कीलाई नयाँ एसपी नियुक्त गरेको छ।
- रुगम कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए भने रवीन कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए।
- धनुषाको एसपी नरहरि रेग्मी करिब ६ महिनादेखि कार्यरत थिए र उनको ठाउँमा रुगम कुँवरलाई पठाइएको हो।
३१ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरूको हेरफेर गरेको छ ।
मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए ।
त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4