+
+
Shares

हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुलास स्टिल उद्योगले बिजुलीको १४ करोड १२ लाख ५ हजार रुपैयाँ बक्यौताबाट पहिलो किस्ताको ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ।
  • नेपाल विद्युत् प्राधिकरणका अनुसार हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिर्न २८ किस्ताको सुविधा लिएको थियो।
  • प्राधिकरण स्रोतले भने, 'हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो।'

३१ असोज, काठमाडौं। हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उसले सो रकम तिर्न २८ किस्ताको सुविधा लिएको थियो ।

त्यसमध्ये पहिलो किस्ताको रकम तिरेको हो । ‘हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,’ प्राधिकरण स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?