
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बिहीबारको बैठकले २० निर्णय सार्वजनिक गरेको छ।
- विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरिएको छ।
- मन्त्रिपरिषद्ले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ११ अस्थायी दरबन्दी स्वीकृत गरी न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ।
३१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे।
मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने र न्याय सेवाका दुई सचिवको सरुवा गर्ने लगायतका निर्णय भएको छ।
मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4