+
+
Shares

प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते २१:५७

३१ असोज, काठमाडौं । जनकपुरमा व्यवसायी र प्रहरीबीचको झडपमा प्रहरीको लाठी प्रहारबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

भण्डारीको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

आज साँझ जनकपुरको सोनारपट्टी स्थित संजय ठाकुरले केही दिन अघि सञ्चालन गरेको ज्वेलर्समा प्रहरीले छापा मार्न गएपछि व्यवसायीहरूले अवरोध गरेका थिए ।

त्यस क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको थियो । प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुसेल ग्यास समेत प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?