+
+
Shares

प्रहरी स्थापना दिवसमा कलाकार किरण केसी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन्।
  • प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले नक्सालस्थित मुख्यालयमा केसीलाई सम्मानपत्र प्रदान गरे।
  • केसीले ललितपुर सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर पुनर्निमाणको नेतृत्व गरेका थिए।

काठमाडौं । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् ।

नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे ।

ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर सात दोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निमाणको नेतृत्व गरेबापत केसीलाई सम्मानित गरिएको हो ।

जेनजी आन्दोलनको क्रममा ती प्रहरी कार्यालयमा क्षति पुगेको थियो । आफूलाई सम्मान प्रदान गरेकोमा खुसी हुँदै उनले भने, ‘भवन निर्माणको श्रेय कार्यसमिति सदस्य र पवित्र मन भएका संघसंस्थालाई दिन चाहन्छु, प्रहरीलाई धेरै धेरै धन्यवाद ।’

सातदोबाटोस्थित ट्राफिक प्रहरीका कार्यालय ९९ प्रतिशत सम्पन्न भएको र सात दोबाटो वृत्तको पुनर्निमाणको काम करिब ५ प्रतिशत बाँकी रहेको केसीले बताए ।

उनले भने- ‘जनता र प्रहरीको सहकार्य भयो भने सेवा सहज बनाउन सकिन्छ भन्ने उदाहरण यो पुनर्निमाणले देखाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?