+
+
Shares

ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १६:५८

१ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनावमा भाग लिन्नँ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई चूनौती दिन थालेको बताएका छन् ।

विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहार हुँदा सरकारको नेतृत्वमा रहेका केपी ओलीजस्ता पात्रहरूले टाउको उठाउन थालेको उनले बताए ।

अध्यक्ष साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरू कहिल्यैपनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे ।

एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष थियो ।

साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न आग्रह गरे ।

एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिने  अर्कोतिर एमाले नेताहरू शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा जाने गरेको देखिएको भन्दै साहले एमालेले द्वेद्ध चरित्र देखाएको पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?