+

एन्फाका कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिव राईलाई निलम्बन

२०८२ कात्तिक  २ गते १८:२८ २०८२ कात्तिक २ गते १८:२८
एन्फाका कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिव राईलाई निलम्बन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्।
  • खड्काले तीन दिनभित्र स्पष्टीकरण नपाएपछि राईलाई अर्को कार्यसमिति बैठकसम्म निलम्बन गरिएको पत्र काटेका छन्।
  • कार्यवाहक महासचिवका रूपमा सहायक महासचिव दामोदर भट्टराई तोकिएका छन्।

२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् ।

यसअघि महासचिव राईलाई स्पष्टीकरण सोधेर तीन दिनभित्र जवाफ पेश गर्न भनेका खड्काले जवाफ प्राप्त नभएकाले राईको नाममा पत्र काटेर अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका हुन् ।

‘३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हुने गरी तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं’ पत्रमा भनिएको छ ।

उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिवका रूपमा सहायक महासचिव दामोदर भट्टराई तोकिएका छन् ।

वीरबहादुर खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय