+
+
Shares

त्रिभुवनराजपथ र पृथ्वी लोकमार्गमा दुई छुट्टै दुर्घटना, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १०:४०

३ कात्तिक, काठमाडौं । त्रिभुवनराजपथ र पृथ्वी लोकमार्गमा सोमबार बिहान भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

पहिलो घटना त्रिभुवनराजपथमा भएको हो । पोखराबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ग ३ च ९२९० नम्बरको योद्धा गाडीलाई रोकिराखेको अवस्थामा नुवाकोटतर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र०२–०६१ प ०२५० नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको हो ।

गएराति १२: ३० बजे भएको घटनामा स्कुटर चालक रोल्पा माडी गाउँपालिका–६ का ३२ वर्षीय अर्जुन बुढामगर घाइते भएका छन् ।

घाइते बुढामगरको दाहिने खुट्टा तथा दाहिने हातको कुममा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । उपचारका लागि उनलाई ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

दुर्घटनास्थल इलाका प्रहरी चौकी सिक्रेखोलाबाट करिब २ किलोमिटर पूर्व र प्रहरी कार्यालय खानीखोलाबाट १० किलोमिटर पूर्व पर्छ । योद्धा गाडीका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका-१० का ३० वर्षीय विक रहेका छन् ।

दोस्रो घटना पृथ्वी लोकमार्गको मलेखु नजिक भएको हो । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ८१०६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६०१ नम्बरको ट्रक आपसमा ठोक्किँदा पर्सा, वीरगञ्ज महानगरपालिका-२४ का ३८ वर्षीय ओम बाबु कुर्मी घाइते भएका छन् ।

दुबै खुट्टामा चोट लागेका उनको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण केही समय बाटो अवरुद्ध भए पनि बिहान २:४५ बजेतिर दुबै सवारी साधन हटाएपछि आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ । घाइते कुर्मीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?