+
+
Shares

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको कटारी नगरपालिका–४ स्थित ककरु खेलामा मोटरसाइकल दुर्घटनामा १६ वर्षीय सम्राट खड्काको मृत्यु भएको छ।
  • दुर्घटनामा १८ वर्षीय राजमणि कटुवाल गम्भीर घाइते भएका छन् र विराटनगर नोवेल अस्पतालमा उपचार भइरहेको छ।
  • मोटरसाइकल ओभरस्पिडका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

३ कात्तिक, गाईघाट। उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन् ।

गएराति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिए ।

मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको इप्रका कटारीले प्रहरीले बताएको छ।

अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको र हाल उपचार भइरहे पनि अवस्था गम्भीर रहेको इलाका प्रहरी कटारीले बताएको छ । खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?