
४ कात्तिक, काठमाडौं । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ ।
ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको पुष्टि गरे । ‘उजुरी आएको हो । उहाँलाई फोनमार्फत जानकारी पनि गराएका छौं’, एसपी अवस्थीले अनलाइनखबरसँग भने, ‘सामान्य सोधपुछका लागि हो ।’
कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
यता अधिवक्ता नेपालले पनि साइबर ब्यूरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4