५ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोनाम थेबे छन् । उनलाई धुम्बाराही क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
थेबे नेकपा एमालेकै भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रहेको प्रचार भएको छ । युवा संघका प्रवक्ता निरोज पौडेलले भने विज्ञप्ति जारी गरी उनी युवा संघमा नरहेको दाबी गरेका छन् ।
थेबेसहित व्यक्तिले जेनजी आन्दोलन क्रममा २४ भदौमा बूढानीलकण्ठ भंगालस्थित भण्डारीको घर आगजनी गरेको आरोप छ ।
जेनजी आन्दोलन क्रममा उनी रविकिरण हमालसँगै हेल्मेट लगाएर उभिएको भिडियाे समेत सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4