
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको गौर नगरपालिका वडा-५ मा करेन्ट लागेर ४२ वर्षीय पूर्व वडा अध्यक्ष राम सोगारथ यादवको मृत्यु भएको छ।
- उनी बुधबार दिउँसो आफ्नै खेतबारीमा मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
- उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
५ कार्तिक, रौतहट। रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।
गौर नगरपालिका वडा -५ मा करेन्ट लागेर ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए।
डीएसपी कार्कीका अनुसार बुधबार दिउँसो करिब ४ बजेर १५ मिनेटको समयमा आफ्नै खेतबारीमा मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजादैगर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सोही वडाका पूर्व वडा अध्यक्ष थिए ।
उनको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डीएसपी कार्कीले भने, ‘ मानवीय क्षति केही छैन । ब्याट्री सट भएर आगो लागेको थियो।’
प्रतिक्रिया 4