
Photo Credit : Getty Image
News Summary
Generated by OK AI. Editorially reviewed.- न्यूजील्यान्डमा तीव्र हावाहुरीले प्रति घण्टा १५५ किलोमिटरको रफ्तारले व्यापक क्षति पुर्याएको छ।
- सरकारले प्रभावित क्षेत्रहरूमा 'रेड विन्ड वार्निङ' जारी गरी नागरिकहरूलाई घरमै बस्न सल्लाह दिएको छ।
- वेलिङ्गटनकी मेयर टोरी व्हानौले भनिन्, ‘हामीले यस्तो हावाहुरीको सामना गरिरहेका छौँ, जुन दशकौंमा एक पटक आउँछ।’
६ कात्तिक, काठमाडौँ। न्युजिल्यान्डमा तीव्र गतिको हावाहुरीका कारण अवस्था गम्भीर बनेको छ। प्रशासनले नागरिकहरूलाई घरभित्रै बस्न अपिल गरेको छ ।
बीबीसीका अनुसार न्युजिल्यान्डको दक्षिणी र मध्य भागमा प्रतिघण्टा १ सय ५५ किलोमिटरसम्मको रफ्तारले चलेको हावाहुरीले व्यापक क्षति पुर्याएको छ ।
कस्तो छ क्षतिको अवस्था ?
- विद्युत अवरुद्ध : करिब ९० हजार घरको विद्युत् आपूर्ति ठप्प भएको छ ।
- उडान रद्द : १ सयभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।
- प्रभावित क्षेत्र : राष्ट्रिय मौसम सेवाका अनुसार क्यान्टरबरी, वेलिङटन, नेल्सन र मार्लबोरो क्षेत्रमा हावाहुरीको सबैभन्दा बढी असर देखिएको छ ।
- यातायात अवरोध : धेरैजसो क्षेत्रमा रुख र बिजुलीका पोलहरू उखेलिएका छन्, जसका कारण सडक बन्द हुनुका साथै रेल सेवाहरू पनि प्रभावित भएका छन् ।
सरकारले के भन्यो ?
- सरकारले प्रभावित क्षेत्रहरूमा ‘रेड विन्ड वार्निङ’ जारी गरेको छ, जुन न्युजिल्यान्डको सबैभन्दा गम्भीर मौसम चेतावनी श्रेणी हो ।
- दक्षिणी टापुका पहाडी इलाकाहरूमा भारी वर्षा र पहिरोको सम्भावना पनि व्यक्त गरिएको छ ।
- आपतकालीन व्यवस्थापन मन्त्रालयले नागरिकहरूलाई घरमै बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन किट तयार राख्न सल्लाह दिएको छ ।
वेलिङटनका मेयर टोरी व्हानौले भनिन्, ‘हामीले यस्तो हावाहुरीको सामना गरिरहेका छौं, जुन दशकौंमा एक पटक आउँछ, हाम्रा टोलीहरू सडक र बिजुलीका लाइनहरू सफा गर्न जुटेका छन्, तर यसमा समय लाग्ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4