+
+
Shares

दुई महामन्त्रीको परिपत्र : मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुनू

निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरणमा ध्यान दिन पार्टी संरचनालाई परिपत्र गरेका छन्।
  • निर्वाचन आयोगले ३० कात्तिकसम्म नयाँ मतदाता दर्ता गर्न समयावधि तोकेको छ र कांग्रेसले छठपछि दर्ता अभियान सुरु गर्ने योजना बनाएको छ।
  • प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचनाले मतदाता दर्ता अभियानमा समन्वय गरी युवा उमेर समूहलाई सहभागी गराउन मतदाता दर्ता समूह गठन गर्ने सिफारिश गरिएको छ।

७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्।

निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।

छठ लगत्तै सबै तहले बैठक गरेर ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न भनिएको छ । जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न समेत भनिएको छ ।

मतदाता सूचीमा नाम दर्ता गर्ने कार्यमा परिचालन हुनका लागि उपल्लो तहले तल्लो तहसँग समन्वय गर्न भनिएको छ।

उमेर पुगेका युवाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जान लागि प्रेरित गर्न परिपत्रमा उल्लेख गरिएको छ।

नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?