+
+
Shares

छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १४:११

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् ।

प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने प्रेस संयोजक राम रावलले जानकारी दिए ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?