+
+
Shares

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अधिवक्ता स्वागत नेपाललाई प्रहरीले भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा करिब ६ घण्टा बयान लिएको छ।
  • प्रहरीले नेपाललाई साइबर अपराधको आरोपमा सोधपुछ गरेको छ तर प्रकृतिको उजुरी खुलाएको छैन।
  • नेपालले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन्।

१० कात्तिक, काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।

ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले अनलाइनखबरसँग भने ।

एसपी अवस्थीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।

नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन ।

यता अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?