+
+
Shares

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छठपर्व शनिबारदेखि सुरु भएर आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ।
  • व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए।
  • गुह्येश्वरी-गौरीघाट क्षेत्रमा मात्रै पाँच लाखले छठ पूजा गरेका छन्।

११ कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ ।

यस वर्ष गुह्येश्वरी-गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?