११ कात्तिक, काठमाडौं । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ ।
अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो । ४ हजार १३० मिटर उचाइमा रहेको बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरु छन् । उनीहरु हिउँमा रमाइरहेका छन् ।
हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । तर बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् ।
अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4