+
+
Shares

भदौ २४ का घटनालाई आयोगले फैजदारी अपराधका रुपमा हेरेको छ : गौरीबहादुर कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते २२:०३

११ कात्तिक, काठमाडौं । गत भदौ अन्तिम साता भएको जेनजी आन्दोलका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले भदौ २३ गते जेनजी आन्दोलन भएको र भोलिपल्ट (२४ भदौ) का घटनाहरू पूर्ण फौजदारी अपराध अन्तर्गत पर्ने उल्लेख गरे ।

‘२३ गते भएको घटना आन्दोलनको भाग थियो तर २४ गते भएको घटना आगजनी, लुटपाट र डकैतीजस्ता आपराधिक कार्य हुन् । आयोगले त्यसलाई आन्दोलन नभई फौजदारी अपराधका रूपमा हेरेको छ,’ कार्कीले भनेका छन् ।

अन्तरक्रियामा उनले यसलाई प्रष्ट पार्न थप उदाहरण समेत दिएका थिए ।

जस्तो कि, कसैको घरमा आगो लागेको छ । त्यहाँ कोही देखिन्छ भने देखिएको मान्छे चिनिन्छ, लुटेर लगेको छ, चोरेर लगेको छ भने त्यसको अनुसन्धान तुरुन्तै गर्ने र प्रमाणित देखिन्छ भने मुद्दा लगाउनका लागि प्रहरीबाट सरकारी वकिलकहाँ जान्छ ।

यस्तो उदाहरण प्रस्तुत गरेका कार्कीले पछिल्लो घटनापछि प्रहरी आफैंमा काम गर्ने हिम्मत र हौसला नभएकोप्रति चिन्ता व्यक्त गरे ।

‘अस्तिको घटनापछि प्रहरी पूरा डाउन छ । काम गर्ने हिम्मत हौसला नै छैन । भोलि हामीलाई पनि के होला भन्ने छ,’ कार्कीले भनेका छन्, ‘फौजदारी कसुरमा त्यो अपराधको अनुसन्धान गर्ने भन्ने कुरो अहिलेको कानुनले प्रहरीले गर्नुपर्छ ।’

गत महिनाको जेनजी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा लागेका छन् ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौंडामा छन् । उनी त्यहाँबाट मधेश प्रदेशको पश्चिमी भागहरू घुमेर फर्किने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?