+
+
Shares

गायक पशुपति शर्माको सल्लाह : विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर जाऊँ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विदेशमा कलाकारको टूर बढ्दै जाँदा आयोजकले उचित व्यवहार नगरेको गुनासो र विवाद पनि बढ्न थालेका छन्।
  • गायिका कला लम्सालले आयोजकको मानवोचित व्यवहार नपाएको भन्दै टूरकै क्रममा स्वदेश फर्किएकी छन्।
  • गायक पशुपति शर्माले लिखित सम्झौतापछि पनि विदेश कार्यक्रम स्थगित गरेको र कलाकारलाई सोचेर जान सल्लाह दिएका छन्।

काठमाडौं । पछिल्लो समय विदेशमा कलाकारको टूर बढ्न थालेसँगै विकृति र विवाद पनि सँगै आउन थालेका छन् । विशेषगरि, आयोजकले कलाकारलाई दुःख दिएका खबर सुन्न पाइन्छ ।

नेपालका चर्चित सांगीतिक समूहरू टूरमा जाँदा होस् या, नीजिरुपमा पनि कलाकार जाँदा, आयोजकले उचित व्यवहार नगरेको खबर आउन थालेका छन् । कलाकार स्वयमले यसबारे बोल्न थालेका छन् ।

‘अब सुन्छ अमेरिका’ यो विवादको पछिल्लो कडी बनेको छ । टूरकै क्रममा गायिका कला लम्साल बीचमै स्वदेश फर्किइन् । उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनी स्वेच्छाले स्वदेश फर्किएको आयोजकको दावी छ ।

तर, लम्सालले आफ्नो जिम्मामा आयोजकले कलाकार लगिसकेपछि मानवोचित व्यहार नगरिएको गुनासो गर्छिन् । सोही समूहमा अमेरिका गएकी गायिका एलिना चौहानले पनि कलाकारलाई नोकरजस्तै व्यवहार गरिएको बताएकी छन् ।

यो समग्र प्रकरणमा अन्य कलाकारले पनि मुख खोल्न थालेका छन् ।

गायक पशुपति शर्माले पछिल्लो समय चर्चामा रहेका केही कार्यक्रमलाई आफूले लिखित सम्झौतापछि पनि स्थगित गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर जाऊ न कलाकार साथीहरू । अहिले चर्चा भएका केही कार्यक्रम मैले सहमति भैसकेपछि पनि केही हुने समस्या देखेर सल्लाहमै स्थगित गरेको हुँ ।’

उनले कुन कार्यक्रम भनेर उल्लेख गरेका छैनन् तर, पछिल्लो समय चर्चामा रहेको भन्दै औंल्याउने प्रयास गरेका छन् । गायक शर्मा विदेशमा धेरै कार्यक्रम गर्ने नेपाली कलाकारमध्ये पर्छन् ।

गायक शर्माको उक्त अभिव्यक्तिलाई अन्य कलाकार पनि समर्थन जनाउँदै कलाकारलाई गम्भीर हुन सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?