+
+
Shares

ऊर्जामन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट, के भयो कुराकानी ?

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँदिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
  • भेटवार्तामा नेपाल–भारतबीच ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार र प्रसारण लाइन विस्तारबारे छलफल भएको थियो।
  • भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति र दीर्घकालीन ऊर्जा साझेदारी विषयमा पनि छलफल भएको मन्त्री घिसिङले बताए।

१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँदिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।

विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारी लगायत विषयमा विस्तृत छलफल भएको थियो ।

भेटमा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युत् सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?