+
+
Shares

ईनास युकेको छैठौं अधिवेशन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेको छैठौं अधिवेशन लन्डनको ट्रामसेड हलमा सम्पन्न भएको छ।
  • सञ्जयभक्त कँडेल अध्यक्षमा दोश्रो पटक सर्वसम्मत निर्वाचित भएका छन्।
  • कार्यक्रममा नेपाली कला, भाषा, साहित्य, संस्कृति र खेलकुदमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो।

११ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा तथा विविध सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बेलायतका लगी नेपाली कार्यबाहक राजदूत बिपिन दुवाड़ी उपस्थित रहेका थिए। कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, सामाजिक अभियन्ता डा बच्चु कैलाश कैनी, वरिष्ठ पत्रकार भगिरथ योगी, पत्रकार, सामाजिक अभियन्ता, विभिन्न सामाजिक संघ संस्था, निर्देशक, चलचित्रकर्मी, कलाकार, भाषा विज्ञ, संस्कृति प्रेमी, खेलकुद प्रेमी, संस्थाका पूर्व अध्यक्षहरु लगायत समाजका बुद्धिजिवीहरुको बाक्ला उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रिय गान र दीप प्रज्वलनसँगै गरिएको थियो। उद्घाटन सत्रपछि संस्थाको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको साथै विविध सांस्कृतिक प्रस्तुतिहरू पनि सम्पन्न भएका थिए।

कार्यक्रमका क्रममा साहित्य, खेलकुद, गायन, अभिनय, नृत्य तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो।

अन्तर्राष्ट्रिय नेपाली कलाकार युकेको छैठौ कार्यकालका लागि सञ्जयभक्त कँडेल अध्यक्षमा दोश्रो पटक सर्वसम्मत निर्वाचित भएका छन । त्यसैगरी क्रमश: उपाध्यक्षहरू दिपक थापा र सबिना श्रेष्ठ महासचिवमा लालमणी भट्टराई सचिव दिपबहादुर गिरी, कोषाध्यक्ष अनिष पाण्ड, सह–कोषाध्यक्ष: अमृता पाण्डे, ग्लोबल प्रतिनिधि सर्वेन्द्र अधिकारी, कार्यक्रम संयोजक सिदार्थ विक्रम क्षेत्री, प्रवक्तामा विज्ञान कार्की, केन्द्रीय सदस्यहरूमा शैलेन्द्र राई, शत्रुधन शाह, रेनुका श्रेष्ठ र सुन्दर पण्डित चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिले नयाँ कार्यसमितिलाई बधाई दिँदै ईनासले प्रवासी भूमिमा नेपाली कला, भाषा, साहित्य, संस्कृति र खेलकुदको क्षेत्रमा पु‍र्‍याइरहेको योगदानको प्रशंसा गरेका थिए।

निर्वाचन समितिको संयोजनमा सम्पन्न निर्वाचनबाट चयन भएका नयाँ पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

कार्यक्रमका क्रममा विभिन्न पदाधिकारीहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना र संस्थागत लक्ष्यहरूबारे जानकारी दिएका थिए।

समापन सत्रमा नव–निर्वाचित अध्यक्ष सञ्जयभक्त कँडेलले सबै अतिथि, सदस्य र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘ईनास युकेले नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेको छ। आगामी दिनहरूमा संस्थालाई अझ सशक्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता रहनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?