News Summary
Generated by OK AI. Editorially reviewed.- निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूले सरकारी सरह सेवा–सुविधा पाउन १५ बुँदे माग सहित आन्दोलन गरिरहेका छन्।
- नेपाल नर्सिङ संघको आह्वानमा बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका सेवा ठप्प पारिएको छ ।
- स्वास्थ्य मन्त्रालयले नर्सहरुको न्यूनतम पारिश्रमिक सरकारीसरह लागू गर्न आग्रह गरे पनि निजी संस्थाले कार्यान्वयन नगरेको गुनासो छ।
१२ कात्तिक, काठमाडौं । निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू केही दिनदेखि आन्दोलित छन् । सरकारीसरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरू आन्दोलन गरिरहेका छन् ।
नेपाल नर्सिङ संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेको छ । संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरूले सेवा ठप्प पारेका हुन् ।
नर्सहरूले सेवा बन्द गरी आ-आफ्ना संस्थाको प्रांगणमा भेला भएर बिहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका थिए । सरकारी सरह पारिश्रमिक पाउनुपर्ने सहित नर्सिङ पेशाको हकहितका विषयमा १५ बुँदे माग राखेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरिसकेको छ । सरकारले यस्तो आग्रह पहिले पनि गरेको तर निजी अस्पताल तथा शिक्षण संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो नर्सहरूको छ । सरकारीसरह पारिश्रमिक सहित सबै माग कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने अडान नर्सहरूको छ ।
प्रतिक्रिया 4