+
+
Shares

तारकेश्वरको गोलढुंगामा लुटपाट गर्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ८:००

१३ कात्तिक, काठमाडौं । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजेतिर तारकेश्वर नगरपालिलका-५ गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई दलुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेडी गाउँपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका १० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरुले धारिलो हरियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए । खबर पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो ।

लुटिएको झालामा केही नगद, रोलेक्स लेखेको एक थान घडीलगायतका सामान रहेका थिए भने पक्राउ परेकाहरुको साथबाट खुकुरी, ट्रामाडोल नामको लागुऔषधलगायत बरामद गरिएको छ ।

उनीहरुलाई वृत्त बालाजुमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?