News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी सोनी घलेले फिलिपिन्समा जारी मिस अर्थ २०२५ को ट्यालेन्ट राउण्डमा स्वर्ण पदक जितेकी छिन्।
- फेसन म्यागजिन मिसोलोजीले सोनीलाई बलियो प्रतिस्पर्धी र सेमीफाइनलिस्ट बन्ने दावेदारको रुपमा प्रस्तुत गरेको छ।
- सन् २०१८ पछि नेपाललाई मिस अर्थको सेमिफाइनलमा फिर्ता ल्याउने सम्भावना सोनीमा देखिएको छ।
काठमाडौं । यदि तपाईं सौन्दर्य प्रतियोगितालाई पछ्याउनुहुन्छ भने यतिबेला सबैको ध्यानमा फिलिपिन्समा जारी ‘मिस अर्थ २०२५’ को प्रतिस्पर्धामा केन्द्रित छ ।
प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व मिस नेपाल अर्थ सोनी घलेले गरिरहेकी छिन् । केही दिनअघि उनले ‘ट्यालेन्ट राउण्ड’मा स्वर्ण पदक जितेपछि त उनको चर्चा नेपालमात्र होइन, विदेशमा समेत चुलिएको छ ।
स्वर्णसँगै उनले सबैको ध्यान खिचेकी छन् । फेसन म्यागजिन मिसोलोजीले त बलियो प्रतिस्पर्धीको रुपमा सोनीले आफूलाई प्रस्तुत गरिरहेको बताएको छ । ‘के उनले आफूलाई सेमी-फाइनलिस्टको रुपमा अघि बढाउलिन् ?’ म्यागजिनले भनेको छ ।
मिसोलोजीले लेखेको छ, ‘नेपालकी सोनी घले बिस्तारै यस संस्करणको सबैभन्दा बलियो दावेदार मध्ये एक बन्दैछिन् । के उनी सन् २०१८ पछि नेपाललाई मिस अर्थको सेमिफाइनलमा फिर्ता ल्याउने व्यक्ति हुनेछिन् ? हामी हेरिरहेका छौं ।’
सन् २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रिया सिग्देलले त्यतिबेला फिलिपिन्समै सम्पन्न ‘मिस अर्थ २०१८’मा सेमीफाइनलमा प्रवेश गरेकी थिइन् । उनले त्यतिबेला ‘बेस्ट इको भिडियो’ अवार्ड पनि जितेकी थिइन् ।
सोनीलाई प्रतिस्पर्धामा भोट गर्न द हिडन ट्रेजरले आग्रह गरेको छ ।

प्रतिक्रिया 4