+
+
Shares

इन्टरनेटबाट मेट्न चाहनुहुन्छ आफ्नो निसानी ? यसरी हटाउनुहोस् डिजिटल फूटप्रिन्ट

एजेन्सी एजेन्सी
२०८२ कात्तिक १३ गते १३:५६

आजको डिजिटल युगमा हाम्रा हरेक जानकारीहरू ट्रयाक हुन्छन् । इन्टरनेटमा हामीले के कुरा सर्च गर्छौं भन्ने कुराको जानकारी गुगल, फेसबुक तथा युट्युब जस्ता कैयन् कम्पनीहरुले लगातार संकलन गरिरहेका हुन्छन् । यतिमात्र होइन हामी कहाँ जाँदैछौं, के खाँदैछौं तथा के विषयमा कुरा गर्दैछौं भन्ने जानकारी  समेत निरन्तर रेकर्ड भैहरेको हुन्छ ।

प्रविधि कम्पनीहरुले यी जानकारीहरुको प्रयोग हामीलाई लक्षित विज्ञापन देखानका लागि गर्ने गर्दछन् । इन्टरनेटको संसारमा के भनिन्छ भने प्रडक्ट इन्टरनेट होइन कि तपाईं हामी हौं । किनकि कम्पनीहरुले प्रयोगकर्ताका डेटा बेच्दछन् र उनीहरुको व्यवसाय मोडेल ग्राहकका डेटामा निर्भर हुन्छ ।

तर यदि तपाईं आफ्नो सबै डेटा इन्टनेटबाट मेटाउन चाहनुहुन्छ भने के त्यो सम्भव होला ?

वास्तवमा हामीले अहिलेसम्म जुन वेबसाइट भिजिट गरेका छौं वा लगइन गरेका छौं, ती सबैबाट पूर्णरुपमा हाम्रो जानकारी मेटाउन त सम्भव हुँदैन तर गुगलजस्ता वेबसाइटले प्रयोगकर्तालाई उनीहरुका अनलाइन डेटा पूर्णरुपमा मेटाउने विकल्प प्रदान गर्दछन् ।

इन्टरनेटमा भएका आफ्ना डेटा हटाउने अर्थात् डिजिटल फिंगरप्रिन्ट मेटाउनका लागि निम्नानुसारका उपाय अबलम्बन गर्न सकिन्छ :

  • गुगल एक्टिभिटीबाट सुरुवात गर्नुहोस् : यसका लागि सबैभन्दा पहिले myactivity.google.com मा जानुहोस् । त्यहाँ तपाईंले आफ्ना सम्पूर्ण सर्च हिस्ट्री, म्याप ट तथा युट्युब भिडियोको जानकारी मिल्नेछ । त्यसमा तपाईंले Delete Activity By भन्ने अप्सनमा गएर All Time छानेर सबै खालका ट्रयाकिंग हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ ।
  • नयाँ डेटा संकलन रोक्नुहोस् : यदि तपाईंले इन्टरनेट ब्राउज गार्द आफ्ना व्यक्तिगत डेटा जम्मा नहोउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि Activity Controls मा जानुहोस् र Web & App Activity, Location History का साथै YouTube History लाई बन्द गर्नुहोस् । यसो गरेसँगै गुगलले तपाइँको लोकेसन तथा सर्चको जानकारी सेभ गर्दैन ।
  • ट्रयाकिङ पूर्ण रुपमा बन्द गर्नुहोस् : Google Account को Data & Privacy खण्डमा गएर Tracking सँग सम्बन्धित सबै सेटिङ्स बन्द गर्नुहोस् । यसबाट तपाईंको अनलाइन गतिविधि ट्रयाक हुँदैन ।
  • Auto Delete सेट गर्नुहोस् : पटक-पटक डिलिट गर्नुपर्ने झण्झटबाट मुक्त हुनका लागि Auto Delete अप्सन छान्नुहोस् । त्यहाँ तपाईंले आफ्ना डेटलाई ३, १८ वा ३६महिनापछि आफैं डिलिट हुनका लागि सेट गर्न सक्नुहुन्छ ।
  • कनेक्सनलाई सुरक्षित बनाउनुहोस् : आफ्नो इन्टरनेट ब्राउजिंगलाई सुरक्षित बनाउनका लागि डिभाइसमा प्राइभेसीलाई ध्यान दिनुहोस् । सफ्टवेयर अप टू डेट राख्ने, एन्टिभाइरसहरु सक्रिय राख्ने, तथा जथाभावी भिपिएनको प्रयोग नगर्नु राम्रो हुन्छ । साथै आफ्नो अनलाइन अकाउन्टहरुको पासवर्ड नियमित रुपमा परिवर्तन गरी बलियो पासवर्ड राख्ने काम गर्नुहोस् ।
लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?