+
+
Shares

नेपालमा सुरु भयो ‘माइक्रो-फोली काठमाडौं’ डिजिटल सङ्ग्रहालय

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १०:४८

११ कात्तिक, काठमाडौं । काठमाडौंमा ‘माइक्रो-फोली काठमाडौं’ नामक डिजिटल सङ्ग्रहालय सुरु गरिएको छ ।

नेपालका कलाप्रेमी तथा सर्वसाधारणका लागि विश्वका महत्वपूर्ण कलाकृतिहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उक्त डिजिटल सङ्ग्रहालय परियोजना सुरु गरिएको नेपाल स्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, फ्रान्सेली संस्कृति मन्त्रालयको यस अवधारणालाई ला भिलेटले समन्वय गरेको छ ।

उक्त डिजिटल संग्रहालयलाई मुजे डी’ओर्से, सेन्टर पोम्पिदु लगायत १२ वटा प्रमुख फ्रान्सेली सांस्कृतिक संस्थाहरूले सघाएका छन् ।

यसमा अन्तरक्रियात्मक प्रविधि मार्फत ३,२०० भन्दा बढी डिजिटल कलाकृतिहरूमा पहुँच प्रदान गरिनेछ । दूतावासका अनुसार, यसमा ठूला स्क्रिन, ट्याब्लेट र भर्चुअल रियालिटी (भीआर) स्पेस समेत उपलब्ध हुनेछ।

नेपालका स्थानीय दर्शकहरूलाई विश्व प्रसिद्ध सङ्ग्रहालयहरूका मुख्य कलाकृतिहरूसँग अन्तरक्रियात्मक डिजिटल अनुभव प्रदान गरी विश्वव्यापी कला र संस्कृतिमा पहुँच स्थापित गर्नु यसको मूल लक्ष्य रहेको नेपाल स्थित फ्रान्सेली दूतावासले जानकारी दिएको छ ।

नेपालस्थित फ्रान्सेली दूतावास र अलियान्स फ्रान्सेजले संयोजन गरेको डिजिटल संग्रहालय कात्तिक १५ गते शनिबार दिउँसो २ बजे पुल्चोकस्थित अलियान्स फ्रान्सेजमा देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?