+
+
Shares

बाजुराकी सिर्जनाले बाटोमै जन्माइन् बच्चा

प्रकाश सिंह प्रकाश सिंह
२०८२ कात्तिक १४ गते १६:०२

१४ कात्तिक, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् ।

सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो ।

अनमी विष्टका अनुसार, सुत्केरीको अवस्था सामान्य छ ।

विनिता सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । जहाँ कार्यालय सहयोगी समेत नहुँदा सेवा प्रवाहमा समस्या रहेको उनको गुनासो छ ।

‘बाटो तथा घरमा गएर सुत्केरी गराउनु पर्ने त हैन्, मानवीय नाताले आफु गएर बाटोमै सेवा दिएको हुँ,’ उनी भन्छिन् ।

सिर्जना जस्तै बाजुरामा धेरै आमाले बाटो, मेलापात र घरमा बच्चा जन्माउने गरेका छन् ।

बूढीगंगा नगरपालिकाले करार कर्मचारी हटाएपछि सबैभन्दा असर स्वास्थ्य संस्थामा परेको छ ।

नगरपालिका ८ स्वास्थ्य संस्थामा एकजना स्वास्थ्यकर्मीको भरमै चल्न बाध्य छन् । ३ वटा स्वास्थ्य संस्था बन्द रहेको सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताए ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?