+
+
Shares

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक पक्राउ

माइतीघर क्षेत्रमा केहीबेरदेखि सवारी आवागमन समेत अवरुद्ध हुनेगरी युवाहरू प्रदर्शनमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १४:३०

१६ कात्तिक, काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघर क्षेत्रमा केहीबेरदेखि सवारी आवागमन समेत अवरुद्ध हुनेगरी युवाहरू प्रदर्शनमा छन् ।

यसअघि पक्राउ परेर गाँजा सेवन गरिएको भेटिएका अभियन्ता निकोलस भूसालसमेतले आज माइतीघरमा प्रदर्शन गर्ने बताएका छन् ।

प्रशासनले यसअघि नै काठमाडौंका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शनमा रोक लगाएको थियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?