+
+
Shares

एमाले दाङद्वारा रक्तदान कार्यक्रम आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा(एमाले) दाङले बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ।
  • २०७१ साल कात्तिक २७ गते मध्यावधि निर्वाचनमा एमाले र्‍यालीमा आक्रमण हुँदा तीन जनाको निधन भएको थियो।
  • एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको जिल्ला सचिव स्याम डाँगीले जानकारी दिए।

१७ कात्तिक, काठमाडौं। बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा नेकपा(एमाले) दाङले बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ।

२७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपूर्ण र्‍यालीमा आक्रमण हुँदा नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेको निधन भएको थियो। त्यसैको स्मृतिमा एमाले दाङले रक्तदान कार्यक्रम गरेको हो।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता भएको कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य नरुलाल चौधरी पनि सहभागी थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो।

त्यसक्रममा रक्तदान लक्ष्मण आचार्य, हुकुमबहादुर बस्नेत, मनोहर बुढाथोकी, संगीत बस्याल, सुदन केसी, माधव वली, देवु बस्नेत, प्रदीप बस्नेत, गोविन्द बस्नेत, प्रेमनाथ योगी, विष्णु कालाथोकि, कपिल लामिछाने, रामबहादुर पौडेल, प्रेमलाल खत्री, शिशिर पौड्ल, राकेश परियर, टिकाराम पौडेल, गणेशप्रताप पुन, सम्राट भण्डारी, अजय गौतमलगायतले रक्तदान गरेको जिल्ला सचिव स्याम डाँगीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?