१७ कात्तिक, काठमाडौं । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनका घाइते र प्रभावितहरूका लागि अस्ट्रेलियामा आधारित नेपाली सामाजिक समूह अस्ट्रेलिया मा मिमले सहयोग गर्न सहजीकरण गरिरहेको छ ।
‘एइड फर जेनजी नेपाल’ नामको अभियानसहित गोफन्डमीबाट रकम उठाएर उक्त रकमहरू घाइतेहरूलाई हस्तान्तरण गरिँदै आएको छ । कुल ५३ हजार ५७३ डलर संकलन भएकोमा शुल्क र फिर्ता घटाएर ५१ हजार ९६०.९२ डलर खातामा जम्मा भएको थियो।
सोमबारसम्म ३० जना घाइते र प्रभावितहरूलाई १३ लाख ७५ हजार नेपाली रुपैयाँ हस्तान्तरण भइसकेको छ ।
पहिलो चरणमा घाइतेहरूलाई राहत प्रदान गरिएको छ भने दोस्रो चरणमा शहीद परिवारसम्म सहयोग पुर्याउने तयारी भइरहेको जनाइएको छ।
स्वयंसेवक बिक्रम धामीको टोलीले फिल्डमा गएर पीडित र परिवारसँग भेटघाट गर्दै पारदर्शी रूपमा सहायता वितरण गरिरहेको छ। ‘सहयोग पीडितको सहमतिमा मात्र प्रदान गरिएको छ र गोपनीयता सुनिश्चित गर्न केही फोटो वा संवेदनशील विवरण सार्वजनिक गरिएको छैन’ धामीले भनेका छन्, ‘यो हाम्रो पनि आन्दोलन हो। हामीले सक्ने हदसम्म आर्थिक र भावनात्मक सहयोग निरन्तर गर्नेछौं।’
‘अस्ट्रेलिया मा मिम’ले ‘साथ मेरो’ टिमको प्राविधिक सहयोगमा काम गर्दै सबै सहयोग प्रभावकारी रूपमा प्रयोग होस् भन्ने उद्देश्य राखेको छ।
हालसम्म सहयोग प्राप्त गरेका व्यक्तिहरू:
१. रवि भण्डारी (२९, सिन्धुली) — रु. ५०,०००
२. निसेश महरा (२४, सिराहा) — रु. ५०,०००
३. पारस बिके (२५, कञ्चनपुर) — रु. ५०,०००
४. लिजा अधिकारी (२०, मोरङ) — रु. १,००,०००
५. प्रकाश बोहरा (२८, दैलेख) — रु. १,००,०००
६. सञ्जय घिसिङ (२३, मकवानपुर) — रु. ५०,०००
७. निश्चल थापा (२३, काठमाडौं) — रु. २५,०००
८. सुभास दाहाल (१९, बनेपा) — रु. ३०,०००
९. दीपक नेपाली (३०, रामेछाप) — रु. ३०,०००
१०. धर्मेन्द्र शाही (२२, कालिकोट) — रु. ५०,०००
११. दोरबहादुर बुढा (२९, काठमाडौं) — रु. २५,०००
१२. प्रकाश बिष्ट (२२, कैलाली) — रु. ५०,०००
१३. धनराज बुढा (२८, कालिकोट) — रु. ५०,०००
१४. मनोज बोहरा (२८, बाजुर) — रु. ४५,०००
१५. एकता शाह (१७, भक्तपुर) — रु. ३५,०००
१६. समिर आचार्य (२२, सिन्धुपाल्चोक) — रु. २५,०००
१७. कमल घिमिरे (२७, काभ्रे) — रु. ५०,०००
१८. हिक्मत भण्डारी (२५, डोटी) — रु. ५०,०००
१९. लक्ष्मण (ढक बहादुर) नेपाली (१८, कास्की) — रु. १,००,०००
२०. मिलन खत्री (२६, ओखलढुंगा) — रु. २५,०००
२१. भुवन दाहाल (१९, इलाम) — रु. ६०,०००
२२. गीता शाह (४८, सप्तरी) — रु. ४०,०००
२३. नविन तामाङ (२२, सिन्धुली) — रु. २५,०००
२४. बेकम देउला (२२, ललितपुर) — रु. २५,०००
२५. विक्रम लाम्खाहा (२९, पाल्पा) — रु. ३५,०००
२६. कृष्ण थापा (२३, जाजरकोट) — रु. २५,०००
२७. मुक्तराम दराई (२६, चितवन) — रु. ३०,०००
२८. अनिल परियार (३१, पर्वत) — रु. २५,०००
२९. संघर्ष भुषाल (२७, बागलुङ) — रु. २०,०००
३०. सन्तोष बोहरा (२६, जुम्ला) — रु. १,००,०००
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4