+
+
Shares

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १३:११
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।

दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् ।

अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।

‘अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ,’ एसएसपी थापाले अनलाइनखबरसँग भने ।

जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।

उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?